Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्याे



Spread the love

११ कार्तिक, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ५ सय १२ जनाको मृत्यु भएको छ भने हिजो २६ तारिखमा ४ सय ४२ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेकाे छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ६७ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख ३१ हजार २८ जनाको मृत्यु भएको छ भने ८९ लाख ५९ हजार भन्दा बढी संक्रमित भएका छन् । ५८ लाख २२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्