Logo

हास्यकलाकार मनोज गजुरेलको कोरोना रिपोर्ट आयो



Spread the love

११ कार्तिक, काठमाडाैँ । हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मनोज गजुरेलले दिएको जानकारी अनुसार सोमबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

उनले फेसबुकमार्फत कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफूमा सामान्य थकान र ज्वरोमात्र देखिएको पनि जानकारी दिएका छन् ।

कोरोना संक्रमणबारे जानकारी दिँदै गजुरेलले लेखेका छन्, ‘भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।
बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।
संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ । म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. Rabindra Sameer को सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा छु ।
मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाईरसको हार झन् चाँडाे हुनेछ । धन्यबाद ।’

प्रतिक्रिया दिनुहोस्