Logo

कस्तो रहला मंगलबार देशको माैसम



Spread the love

११ कार्तिक, काठमाडाैँ – आज देशभरको माैसममा सामान्य रूपमा मात्रै बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ का एक र दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार दिउँसो देशका पहाडी भूरभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने यो क्रमम मंगलबार रातीसम्म जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्