Logo

गुल्मीमा वडाअध्यक्ष सहित १२ जुवाडे पक्राउ



Spread the love

११ कार्तिक, गुल्मी । गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति जिल्लाको रेसुङ्गा नगपालिका ८ स्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा रेसुङ्गा नगपालिका वडा नम्बर सातका वडा अध्यक्ष मोहन पाण्डे सहित १२ जना रहेका छन् । उनीहरूलाई नगद ७९ हजार १ सय सहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी प्रमुख प्रविण लाल श्रेष्ठले सल्लेरी खबरलाई बताए ।

पक्राउ पर्नेमा अधिकांश रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका रहेका छन् । उनिहरु सबैलाई प्रहरी हिरासतमा राखी आवश्यक कारबाही प्रक्रिया अघि सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्