Logo

२० वर्षीय देवेन्द्रको हत्या, अर्का एक जना घाइते



Spread the love
सांकेतिक तस्बिर

११ कार्तिक,अछाम । अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन् ।

हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ । आज बिहान देवेन्द्रको शव तथा उनिसँगै रुद्र गम्भीरावस्थामा फेला परेका थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच दिपायल सिलगढी नगरपालिका–६ बस्ने अन्दाजी ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशी अकस्मात् बिरामी परेपछि जहाज चार्टर गरेर कैलालीको धनगढी लगिएको छ । एक घण्टाभित्र राम्रो अस्पतालमा नपु¥याए बिरामीको ज्यानमा खतरा हुन सक्ने भनी जिल्ला अस्पतालका चिकित्सकले सल्लाह दिएपछि उनलाई जहाज चार्टर गरेर पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्