Logo

युरोपमा कोरोना संक्रमणबाट दैनिक मृत्युदर बढ्दो



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युरोपमा कोरोनाबाट मृत्यु हुनेको संख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले बढेकाे जनाएको छ । डब्लुएचओकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्डस् र रुसमा धेरै संक्रमित देखिएको जानकारी दिइन् ।

अमेरिका, भारत, ब्राजिलपछि धेरै संक्रमित रुसमा छन् । उनका अनुसार युरोमा संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको छ ।

रुसमा एकै दिनमा ३ सय २० जनाको मृत्यु भएर अहिलेसम्मकै सर्वाधिक संख्या बनेको छ ।

संक्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटनुलाई चिन्ताको विषय मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्