Logo

कुमार विकको खुट्टा दुई टुक्रा बनाएको आरोपमा २७ जना पक्राउ



Spread the love

१२ कार्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको आरोपमा १७ जना पक्राउ परेका छन् ।

घटना लगत्तै ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले मंगलबार राति अनुसन्धानका लागि थप २२ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

‘घटना के भएर भएको हो यसको निचोडमा अझै पुग्न सकिएको छैन। शंका लागेका सबैलाई पक्राउ गरेका छौँ’, डिएसपी सिंहले भने,‘घटनास्थल सुनसान सडक किनाराको खेत हो । घटनाको बारेमा अनुसन्धान गरेर यथार्थ सार्वजनिक गर्छौँ।’

खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो ।

उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्त स्थलमा अपरिचित समूहले साङ्घातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए । यो पनि पढ्नु होस्:

प्रतिक्रिया दिनुहोस्