Logo

दीपिका पादुकोणलाई खतराको संकेत



Spread the love

१२ कार्तिक, एजेन्सी । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले करिश्मा प्रकाशको घरबाट ड्रग्स बरामद गरेको छ । बुधबार एनसिबीले छापा मार्दा प्रकाशको घरबाट ड्रग्स बरामद गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

करिश्मा प्रकाश बलिउड स्टार दीपिका पादुकोणकी म्यानेजर हुन् । केही हप्ताअघि मात्रै दीपिका एनसिबीको छानबिनबाट छुटेकी थिइन् ।

बलिउड स्टार सुशान्त सिंह राजपुतको आत्महत्याको अनुसन्धानले फराकिलो रूप लिँदा ड्रग्ससम्म पुगेको हो । ड्रग्स केसमा बलिउडका नामी कलाकारहरू पनि जोडिएका छन् ।

दीपिकाका म्यानेजर प्रकाशलाई एनसिबीले सेप्टेम्बर महिनाको अन्तिम साता सोधपुछ गरेको थियो । एनसिबीको टोलीले प्रकाशको घरबाट १.८ ग्राम हासिस बरामद गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्