Logo

एउटै प्रदेशमा थपिए १०२ जना कोरोना सङ्क्रमित



Spread the love

१३ कार्तिक, पोखरा । गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दू शर्माले जानकारी दिए ।

बाग्लुङको गलकोट नगरपालिका ३ का ७२ वर्षीय कोरोन सङ्क्रमित पुरुषको आज साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा.डा.अर्जुन आचार्यले जानकारी दिए ।

यस्तै पर्वतको कुश्मा नगरपालिका ६ का ५५ वर्षीय सङ्क्रमित पुरुषको आज बिहान चरक मेमोरियल अस्पताल, पोखराको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ भने पोखरा महानगरपालिका १३ का ३६ वर्षीय सङ्क्रमित महिलाको बुधबार राति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराकमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्