Logo

कर्मचारीलाई कोरोना संक्रमण, नगरपालिका अनिश्चितकालका लागि बन्द



Spread the love

१४ कार्तिक, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको छ । दुई नगर प्रहरी सहित एक कर्मचारीलाई कोरोना सक्रमण पुष्टि भएपछि बिहिबारदेखि अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासीनीले जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएका कर्मचारीसँग पछिल्लो समय सम्पर्कम आएका २० जनाको स्वाब परिक्षणको लागि तम्घासमा रहेको कोभिड १९ परिक्षण प्रयोशालामा पठाइएको छ ।

अहिले नगरपालिकाको स्वास्थ्य शाखा र वातावरण शाखाले मात्रै अत्यावश्यक सेवा प्रवाह गरेको नगरपािलकाले जनाएको छ । स्वाब परिक्षणको लागि पठाइएका २० जनाको नतीजा नआउदाँ नगरपालिका कहिले खुल्छ भन्ने अनिश्चित बनेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्