Logo

बलिउडका १० कलाकारहरुको कुल सम्पति, कसको कति?



Spread the love

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो चलचित्र उद्योगमध्येको एक हो बलिउड । बलिउडमा कैयौँ सुपरस्टारहरु छन् जसले मासिक लाखौँ डलर सहजै आम्दानी गर्न सक्छन् र विश्वभरका दर्शकको मन मष्तिष्कमा बस्न समेत सफल भएका छन् ।

बलिउडका शीर्ष धनी अभिनेताहरूमध्ये, त्यहाँ सबैभन्दा प्रशंसनीय र प्रभावशाली नामहरू छन् जुन धेरैले चिनेका छन्। बलिउड कलाकारको कमाई र कुल सम्पतिले संसारभरिको सिनेजगतले ध्यान खिच्छ। उनीहरुको कमाई कुनै हलिवुड कलाकारभन्दा कम छैन। हामीले यहाँ शिर्ष १० बलिउड कलाकारको कुल सम्पति बारे जानकारी दिएका छौं।

१०. ऋतिक रोशन:

युवा पुस्ता माझा निकै चर्चा परिचर्चा बटुल्न सफल अभिनेत्री ऋतिक रोशन । उनि बलिउड चर्चित कलाकारको रुपमा चिनिएका छन् । उनका धेरै चलचित्र सुपरहिट भएका छन् जस मध्य सम्झन लायक थुप्रै चलचित्र ‘कोहि मिल गया’ का सिरिज सुपरहिट भएका छन् । अनि लोभलाग्दो सुन्दरता छ।

पछिल्लो अपडेट अनुसार घर, गाडी सहित उनको कुल सम्पति ४५ मिलियन अमेरिकी डलर (भारु २९९ करोड ) रहेको छ। उनको वार्षिक आम्दानी लगभग ७० करोड रुपैयाँ भनिएको छ।

९. सन्नी देओल :

अजय सिंह देओल जो भारतीय फिल्म जगतका निर्माता, निर्देशक साथै अभिनेता हुन्। २०२० को अपडेट अनुसार उनको कुल सम्पति ५९ मिलियन अमेरिकी डलर (भारु ३९६ करोड) रहेको बताइएको छ।

बलिउड कलाकारहरु मध्ये धनि कलाकारमा पर्ने सन्नीको वास्तविक सम्पति बारे पुरै खुलेको भने छैन।

८. धर्मेन्द्र :

पदमा भुषणद्वारा सम्मानित, अभिनेता तथा राजनीतिज्ञ धर्मेन्द्र जसको नाम लिने बित्तिकै दिमाग आउने कुरा हो शोले। उनको कुल सम्पति भारु ४ अर्ब ६५ करोड रहेको खुलेको छ।

७. अनुपम खेर :

अनुपम खेरले करिब ५०० भन्दा धेरै सिनेमामा काम गरिसकेका छन्। अनुपम खेर फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इंडियाका पूर्व अध्यक्ष हुन्। उनि संग एउटा स्कर्पिओ र बिएमडब्लु २०११ छ । उनको कुल सम्पति ४६५ करोड रहेको खुलेको छ ।

६. सईफ अलि खान :

बलिउड चलचित्र क्षेत्रमा सुनी रहेका अर्का नाम हो- सैइफ़ अलि खान । उनका केहि मात्रमा चलचित्र सुपरहिट भएका छन् तर उनको नाम भने सु- परिचित छ ।

धनि बलिउड कलाकारको लिस्टमा नछुट्ने अर्को नाम हो सैइफ़ । उनको कुल सम्पति १०० मिलियन अमेरिकी डलर अर्थात् भारु ६६५ करोड रहेको छ ।

उनले फिल्म निर्माताको रुपमा पनि काम गरिसकेका छन् । राजखानदानमा जन्मिएका सैइफ़ले पुर्खेउली सम्पति स्वरूप हरियाणामा रहेको पतौडी दरबार को मूल्य भारु ८०० करोड रहेको छ ।

५. आमिर खान :

आमिर खान अभिनयका राजा साथै फिल्म पनि निकै कम खेल्ने जसले फिल्म छान्न निकै समय लगाऊदछन्। एक फिल्म खेल्दा उनले ६० करोड भारु सम्म लिने गर्दछन । कम मात्रामा फिल्म खेले पनि उनि बलिउड कलाकार भरिमा धेरै सम्पति हुनेमा चौंथो अंकमा पर्छन्।

उनको मुख्य आयश्रोत भनेको प्रख्यात ब्रान्डसंगको सहकार्य पनि हो । उनले स्याम्सुंग, कोका-कोला, भिभो, टाटा स्काई , गोदरेज जस्ता ब्रान्ड संग महँगो पारिश्रमिकमा बिज्ञापन खेल्ने गर्दछन्।

४. अक्षय कुमार :

बलिउडका चर्चित अभिता हुन्- अक्षय कुमार । उनी अभिनय बाहेक अक्की, खिलाडी, खिलाडी कुमार किङ अफ बलिउड रूपमा चिएका छन् ।

उनी अभिनेतामात्र नभई निर्माता, मार्शल कलाकार र टेलिभिजन व्यक्तित्व जसले बलिउड, वाणिज्यिक हिन्दी भाषा फिल्म उद्योग मुख्य रूपमा मुम्बई, भारतमा काम गर्दछ। २९ बर्ष भन्दा बढी, कुमार १०० भन्दा बढी फिल्महरूमा देखा पर्‍यो र उनले धेरै पुरस्कारहरू जितेका छन्, जसमा रुस्तम (२०१६) मा अभिनयका लागि सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय फिल्म पुरस्कार र दुई फिल्मफेयर पुरस्कार अजनबी (२००१) र गरम मसला(२००५) को लागी हो।

बलिउड जगतका बिग आइकन अक्षय कुमार जसले सम्झन लायक थुप्रै फिल्म आफ्ना दर्शकका लागि खेलिसकेका छन् ।

उनको कुल सम्पति ११९२ करोड भारु रहेको छ । उनको मुम्बईको बंगला, गोवाको बंगला, साथै कबड्डी लिगको खाल्सा वारिअरमा ५ करोड को लगानी रहेको छ । प्रति फिल्म ३० करोड रुपैयाँ लिने अक्षय कुनै विज्ञापनमा संलग्न हुदा दैनिक २ करोड ४० लाख भारु लिने गर्दछन्।

३. सलमान खान :

बलिउडका निकै चर्चा परिचर्चा कमाउन सफल अभिनेता हुन्- सलमान खान । भारतीय फिल्म दुनियाका अभिनेता, निर्माता, सामयिक गायक र टेलिभिजन व्यक्तित्व पनि हुन् । तीस वर्षभन्दा बढीको चलचित्र कम्म गरेको छन् भने खानले असंख्य पुरस्कारहरू प्राप्त गरेका छन् ।

जसमा दुई राष्ट्रिय फिल्म पुरस्कार एक फिल्म निर्माताका रूपमा, र दुई फिल्मफेयर अवार्ड्स र उनलाई मिडियामा दुबै संसार र भारतीय सिनेमा को सबैभन्दा व्यावसायिक रूपमा एक सफल कलाकारका रूपमा उदारणीय छन् ।

प्रति फिल्मको भारु ६० करोड लिने सलमान खान बलिवुड कलाकारको धनि लिस्टमा अग्रपंतिमा आउने नाम हो । उनले बिग बोस को एक एपिसोड बारबार ११ करोड लिने गर्दछन्।

३० वर्ष देखि बलिवुडमा सक्रिय सलमानको बिलासिन अपार्टमेन्ट, गाडी र मोटरबाइक छ। उनि दुइ ओटा प्रोडक्सन हाउस चलाउछन् । उनको कुल सम्पति २१५० करोड भारु रहेको छ।

२. अमिताभ बच्चन:

भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता हुन्- अमिताभ बच्चन। उनको सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे र त्यसबेलादेखि नै भारतीय चलचित्र इतिहासको सबैभन्दा प्रमुख व्यक्तित्व बनेका थिए ।

उनलाई बलिउडमा महानायकको ट्याक पनि दिएका छन् । उनि ७७ वर्षको उमेर पुगिसक्दा पनि वर्ष मा एउटा सिनेमा खेलिरहेका छन् । २०१९ को रिपोर्ट अनुसार उनको कुल सम्पति ३३६० करोड भारु रहेको उल्लेख गरिएको थियो। प्रति फिल्म २० करोड भारु लिने अमिताभ प्रति बिज्ञापन खेल्दा २ करोड ५० लाख सम्म लिने गर्दछन् ।

१. शाहरुख खान :

बलिउड निकै चर्चा परिचर्चा कमाउन सफल अभिनेता- शाहरुख खान । उनलाई बलिउडमा किंग खान भने र पनि भने गर्छन । उनि एक सफल अभिनेतामात्र नभई चलचित्र निर्माता, र टेलिभिजन व्यक्तित्व हुन्। खान १९८० को दशकमा धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरेका हुन् ।

उनले चलचित्र क्षेत्रमा दिवाना फिल्मबाट प्रवेश गरे जुन फिल्म व्यावसायिक रूपमा सफल भयो। त्यस पछि उनी धेरै व्यावसायिक सफलताहरूको भाग भए र विभिन्न प्रशंसित प्रदर्शन गरेका छन् ।

बलिउडका कलाकारमा सबै भन्दा धनि कलाकार हुन् खान। उनको सम्पत्ति पाँच हजार करोड भन्दा बढी रहेको छ । उनी क्रिकेट टिमका समेत मालिक हुन् । उनले अभिनय गरेको धेरै चलचित्रका निर्माता पनि उनी आफै रहने गरेका कारण उनी विश्वमा नै धनी अभिनेताको शीर्ष स्थानमा रहन सफल कलाकार हुन् ।

उनले एक फिल्ममा अभिनय गर्दा २० देखि २५ करोड भारु लिने गर्दछन् । साथै उनि विभिन्न ब्रान्ड संग आबद्ध छन् जसअन्तर्गत हरेक दिन ४ करोड सम्म चार्ज लिने गर्दछन् । उनको कुल सम्पति ५००० करोड भारु रहेको छ।

प्रतिक्रिया दिनुहोस्