Logo

गिनिज बुकमा नाम लेखाउन शरीरभरी प्वाल नै प्वाल



Spread the love

१५ कार्तिक, एजेन्सी । जर्मनीमा एक जना व्यक्तिले शरिर भरि प्वाल नै प्वाल पारेका छन् । गिनिज बुकमा नाम लेखाउन जर्मनीका ४० वर्षीय रोल्फ बुखहोल्ज शरीरभरी प्वाल पारेका हुन् ।

उनले शरीरमा जम्मा ५६१ वटा व्पाल पारेका छन् भने विभिन्न प्रकारका ट्याटु समेत खोपेका छन् । उनका अनुहारभरी मुन्द्राहरू छन् ।

उनले शरीरमा गरेको यो सबै कामबाट गिनिज बुकमा नाम पनि लेखाउन सफल भएका छन् । गिनिज बुकमा शरिर सबैभन्दा धेरै मोडिफाइ गर्ने व्यक्ति शिर्षकमा उनको नाम लेखिएको छ ।

यसभन्दा अघि उनले शरिरमा ४५३ खालका ट्याटु लगायत अन्य प्रयोग गरेका थिए । यसपटक उनले सो संख्या थप गरी ५६१ पुर्याए ।

उनले बताएअनुसार उनी शरिरमा अरू धेरै मोडिफाइ गर्ने तयारीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्