Logo

अभिनेत्री काजल अग्रवालको विवाहको तस्बिर बन्यो भाइरल



Spread the love

एजेन्सी । अभिनेत्री काजल अग्रवालले ३० अक्टोबरमा ब्यवसायी गौतम किचलुसँग मुम्बईमा विवाह गरेकी छन् । काजल र गौतमको विवाहको तस्बिर अहिले सामाजिक संजालमा जताततै छाएको छ ।

बिवाहपछि काजलले पहिलोपटक पतिसँगको केही तस्बिर शेयर गरेकी छन् । काजलको बिवाहको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् ।

बिवाहका लागि उनले थोरै मानिसलाई बोलाएर सबैको कोरोना टेष्ट समेत गराएकी थिइन् । बिवाहको सबै नियम पालना गरेको समेत उनले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्