Logo

भाग्यमानी दम्पति – एकैदिन मृत्यु, एउटै चितामा गरियो अन्तिम संस्कार



Spread the love

१७ कात्तिक, धनुषा । धनुषामा एक दम्पतिको एकैदिन ज्यान गएको छ । शहीद नगरपालिका–१ निवासी ९१ बर्षका रामखेलाबन यादव र ८८ बर्षकी उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान मृत्यु भएको हो ।

बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबनको एक्कासी मृत्यु भएको थियो । त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो खबर पाएलगत्तै उनको पनि मृत्यु भएको परिवारले जनाएको छ ।

एकै दिन मृत्यु भएका उनिहरुको एउटै चितामा अन्तिम संस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्