Logo

राम्री बन्न खोज्दा झन नराम्री भएपछि..



Spread the love

१८ कार्तिक, एजेन्सी । हामी सबैले सुनेका छाैँ केही कुरामा हद पार गरियो भने परिणाम चाहेको भन्दा विपरीत आउँछ । यस्तै घटना एक महिलासँग पनि घटेको छ ।

उनले सुन्दरी बन्ने चक्करमा हद पार गर्दा जन नराम्रो हुनु पर्यो ।

अनस्तास्या फोरिश्चुक नाम गरेकी एक युवती । उनी इन्स्टाग्राम स्टार हुन् । राम्रो बन्ने इच्छाले कहिले पूर्ण नभएकी उनले गालामा फिलर्स लगाइरहेकी थिइन् । तर, उनले लगाएको फिलर्सले उनको अनुहार नै अरूका लागि हासोको श्रोत बन्यो ।

उनका गाला पुक्क बाहिर निस्किएका छन् । मानिसको अनुहारमा अस्वभाविक गाला देखिएपछि इन्स्टाग्राममा उनका फलोअर्ले नै व्यङ्ग्य गरिरहेका छन् ।

३९ वर्षीय युक्रेनी युवती अझै गालालाई लिएर बेखुसी छिन् । गाला ठूलो बनाउने चक्करमा उनका गाला अस्वभाविक रूपमा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्