Logo

अस्पतालले उपचार नगरेपछि कोरोना संक्रमित महिलाले गरिन् आत्महत्या



Spread the love

२० कार्तिक, मोरङ। अस्पतालले उपचार गर्न नमानेपछि मोरङमा एक कोरोना संक्रमित महिलाले आत्महत्या गरेकी छन्। मोरङको रतुवामाई नगरपालिका १० की ४५ वर्षीय महिलाले आत्महत्या गरेकी हुन् ।

नियमित डायलाइसिसका क्रममा संक्रमण पुष्टि भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइसोलेसनमा दैनिक उपचार खर्च वापत १८ हजार रुपैयाँ माग गरेको थियो ।

उपचार खर्च ब्यहोर्न नसकेपछि घर ल्याइएकी उनले झुण्डेर आत्महत्या गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्