Logo

मलेसियामा नेपाली युवकद्वारा रेष्टुरेन्टमा कार्यरत युवतीको हत्या



Spread the love

काठमाडौं । मलेसियामा एक नेपाली युवकले नेपाली मुलकी युवतीको छुरा हानी हत्या गरेका छन् । मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छुरा हानी भारत सिक्किमकी युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ ।

हत्या हुनेमा भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगर रहेकी छिन् ।

स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत युवतीमाथि युवकले सामान्य विवादमा छुरा प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्