Logo

१८ वर्षीया छोरीलाई हराएकी ४१ वर्षीया आमाले जितिन् सुन्दरी प्रतियोगिताको उपाधी



Spread the love

एजेन्सी । सुन्दरी प्रतियोगितामा आफ्नै छोरीलाई आमाले पछि पारेकी छिन् । अमेरिकाको आरल्याण्डमा भएको प्रतियोगितामा ४१ वर्षीया आमाले आफ्नै १८ वर्षीया छोरी एला रेवेन्सक्राफ्टलाई पछि पारेकी हुन् ।

अमेरिकामा ४ दिनसम्म ग्यालेक्सी इन्टरनेशनल पेजेन्ट इभेन्ट चलेको थियो । उक्त इभेन्टमा पाँचाैँ स्थानमा परेकी छोरी एलालाई साराह लुईस प्रिचर्सले हराएकी हुन् ।

उनीहरू आमाछोरी भएको प्रतियोगिताका आयोजक तथा अन्य व्यक्तिहरूलाई समेत थाहा थिएन । यो कुरा थाहा पाएपछि सबैजना चकित परेका थिए ।

आफ्नी छोरीलाई हराएकी लुईस प्रिचर्सले उक्त प्रतियोगिताको उपाधी समेत जितिन् । विभिन्न क्याटागोरीमा विश्वभरबाट आएका सुन्दरीहरु ग्लोबल अवार्डको लागि प्रतिस्पर्धामा उत्रेका थिए ।

उक्त प्रतियोगिताको उपाधीका लागि ११ जनाको समूहले प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा आमा साराह मिसेज ग्यालेक्सी युके र छोरी एला रेवेन्सक्राफ्ट मिस टिन ग्यालेक्सी इग्ल्यान्ड घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्