Logo

गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु,तीन गम्भीर सहित पाँच जना घाइते



Spread the love

२८ कार्तिक, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने । सोही दुर्घटनामा अन्य तीन जना गम्भीर सहित पाँच जना घाइते भएका छन् । मजुवाबाट हटिया जाँदै गरेको लु १ च ७४११ नम्बरको जिप गुल्मी दरबार गाउँपालिका २ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि गुल्मी दरवार गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय सवारी चालक मेघ बहादुर गाहाको मृत्यु भएको हो भने अन्य पाँच जना घाइते भएका हुन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गुल्मी दरबार गाउँपालिका २ का धन बहादुर गाहा, ३० वर्षीय प्रेम पल्ली , ३५ वर्षीय श्री रासकोटीको अवस्था गम्भीर रहेको छ । १६ वर्षीय अनिस पाल्पाली र २३ वर्षीय भिम गाहाको अवस्था मध्यम रहेको गुल्मी प्रहरीले जनाएको छ ।
बिहिवार राती करिब ११:३० तिर अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्