Logo

काग तिहार- असाध्यै चलाख कागबारे रोचक तथ्य



Spread the love

कागलाई यमराजको दूतको रुपमा पूजा गर्ने परम्परा रहेको छ । हिन्दू धर्ममा यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म र मृत्युको विवरण राख्छन् भनेर उसको दुतलाई फकाउन मानिसहरुले कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गर्ने गर्छन् ।

कागको बारेमा अनेकौ किस्सा रहेका छन् । कागलाई सन्देश बहाकको रुपमा पनि लिइन्छ । काग कराउँदा शुभ अशुभ दुवै हुने बताइन्छ, काग कहाँ कसरी बसेर करायो भन्ने अर्थमा शुभ अशुभ हुने बुढापाका बताउने गर्छन् ।

एक काग करिब १४ बर्षसम्म बाँच्छ । कागलाई चालु प्रवृत्तिका भनिन्छ । कागमा बदलाको भावना धेरै लामो समयसम्म रहन्छ । जवान कागले, आफ्नो आमाबुबालाई सानो कागको रेखदेखमा सहयोग गर्छ । यो पंक्षीले अन्य जनवार, मानिसको नक्कल गर्न सक्छ ।

काग आफ्नो साधरण आवाज बाहेक पनि एक अलग भाषामा कुरा गर्छ । यो भाषा उनीहरुले अक्सर अन्य कागलाई खतराको संकेत दिन पनि प्रयोग गर्छ । कुनैपनि शिकारीसँग जुध्नका लागि कागहरु एकजुट हुने गर्छ । कागको मस्तिष्क मान्छेको मस्तिष्क जस्तै हुन्छ । यस कारण काग बुद्धिमान हुन्छ । जब एउटा काग मर्छ, तब अन्य कागले त्यहाँ कुनै खतरा छ वा छैन भन्नका खातिर परीक्षण गर्छन् ।

कागले मान्छेको अनुहार पहिचान गर्न सक्छ । कागले आफ्नो पूरा जीवनका लागि केवल एक जीवनसाथी बनाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्