Logo

गुल्मीमा गोरु काटेको आरोपमा दुई जना पक्राउ



Spread the love

२८ कार्तिक, गुल्मी । गुल्मीमा गोरु काटेको आरोपमा दुइ जना पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका आठका दुई जनालाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा वर्ष ४६ का राम बहादुर नेपाली र वर्ष २४ का कृष्ण नेपाली रहेका छन् ।

बिहिवार घर नजिकै गोरु काटेको भन्ने सुचना स्थानीयले दिएपछि शुक्रबार गुल्मी प्रहरीले पक्राउ गरेको हो । दुबै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्