Logo

५३ वर्षपछि प्रेमीको हातमा पर्यो प्रेमिकाले लेखेको ‘लभ लेटर’



Spread the love

२९ कार्तिक, एजेन्सी । अमेरिकामा एक प्रेमीले ५३ वर्षअघि लेखेको प्रेमपत्र पाएका छन् । उनकी पत्नी बनिसकेकी प्रेमिकाले लेखेको प्रेमपत्र ५३ वर्षपछि प्रेमीको हातमा परेको हो ।

यो पत्र सन् १९५८ मा लेखिएको हो । त्यतिबेला सुचना तथा अन्य सन्देश आदानप्रदानका लागि भरपर्दो माध्यम चिठी नै हुन्थ्यो । त्यतिबेला लभलेटरको व्यापक प्रयोग हुन्थ्यो ।

उक्त पत्र क्लार्क सी मुर नामबाट पठाइएको थियो । त्यतिबेला नै उनले नाम मोहम्मद सिद्दीक बनाएका थिए । उनको नामसँग मेल नखादाँ पत्र पुग्न ५३ वर्ष लाग्यो । पत्र प्रापक पेनसिलवेनिया विश्वविद्यालयका डाक्टर हुन् । उनले अहिले उक्त पत्र पाएका छन् ।

पत्र पठाउनेको नाममा लेटरमा ‘लव फारएवर वोनी’ नामको हस्ताक्षर गरिएको छ । सिद्दीकका साथीले उनलाई पत्रबारे जानकारी दिएका थिए ।

हाल सिद्दीक ७४ वर्षका भएका छन् । उनको विवाह पश्चात् सम्बन्ध बिच्छेद भइसकेको छ । यद्यपी प्रेमीका र उनीबीच पत्र आदान हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्