Logo

भाइटीकाकै दिन हङकङमा ७ जना नेपालीको मृत्यु



Spread the love

१ मंसिर, एजेन्सी । हङकङमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको हो ।

उक्त घटनामा आगलागी हुँदा ज्यान ४ जना पुरूष र ३ जना महिलाको मृत्यु भएको छ । त्यसमा एक जना बालिका पनि परेको बताइएको छ ।

९ वर्षदेखि ४० वर्षसम्मका व्यक्तिको मृत्यु भएको बताइएता पनि पूरा परिचय भने खुलाइएको छैन ।

हङकङका अधिकारीले दिएको जानकारी अनुसार नेपालीले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा बर्थडे पार्टी चलिरहँदा आगलागी भएको हो ।

आगलागीबारे हङकङ प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यहाँ मृत्यु हुनेमा अधिकांश नेपाली रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्