Logo

तिहारको अवसरमा सर्ट मुभी ‘सम्बन्धक’ सार्वजनिक



Spread the love

१ मंसिर, काठमाडाैँ । नेपाली हिन्दु धर्मावलम्बीहरूको दोश्रो महान चाड तिहारलाई लक्षित गरेर ‘सम्बन्धक’ नामक सर्ट मुभी सार्वजनिक गरिएको छ । टुनामुना प्रोडक्सन नामक युट्युब च्यानलमार्फत उक्त सर्टमुभी सार्वजनिक गरिएको हो ।

उक्त मुभी सिद्धार्थ पुडासैनीको लेखन, निर्देशन तथा सम्पादनमा तयार पारिएको हो । मुभीको छायाँकन मनिष पोखरेलले गरेका हुन् ।

यस फिल्ममा आकांक्षा जिसी, सजल लोप्चन, संदेश शाक्य, विकल्प अधिकारी, मिरा खड्का, सिद्धार्थ पुडासैनी, सिद्धान्त पुडासैनी, सिमान्त पुडासैनी लगायतको अभिनय रहेको छ ।

फिल्मका निर्माता सुरज कट्वाल रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्