Logo

मङ्सिर महिनाको मासिक राशीफल



Spread the love

मङ्सिर २ देखि पुस २ गतेसम्मको मासिक राशिफल

सूर्यले राशि परिवर्तन गरेको समयमा सोमवार, ज्येष्ठा नक्षत्र, अतिगण्ड योग, बालब करण, आनन्दादि मानस योग, बृष लग्न र सिंह नवमांशक रहेको देखिन्छ । हरेक वर्ष मंसिर महिनामा श्रीसूर्यनारायणले बृश्चिक राशिमा भ्रमण गर्ने गर्दछन् । अन्य ग्रहहरूको राशि भने फरकफरक हुने गर्दछ । यस पटक मार्गशीर्ष ९मंसिर० सङ्क्रान्तिको समयमा बृश्चिक राशिमा सूर्य, चन्द्रमा र केतु, मकर राशिमा बृहस्पति र शनिदेव, मीन राशिमा मङ्गल, बृष राशिमा राहु तथा तुला राशिमा बुध र शुक्र ग्रहको उपस्थिति रहेको देखिन्छ । चन्द्रमाले प्रत्येक दुई वा तीन दिनमा राशि परिवर्तन गर्ने गर्दछ, यस अतिरिक्त मंसिर महिनाको सङ्क्रान्तिकै दिन शनिश्चर र शुक्र ग्रहले पनि राशि परिवर्तन गरेका छन् । त्यसबाहेक बुधले मंसिर १२ गते तुला राशिको यात्रा पूर्ण गरी बृश्चिक राशिमा र १ गते तुला राशिमा प्रवेश गरेको शुक्रले पुनः मंसिर २५ गते बृश्चिक राशिमा प्रवेश गर्ने सङ्केत छ । राहु र केतुबाहेक यो महिना कुनै पनि ग्रह बक्र गतिमा रहने छैनन् । यस महिनाको १२ गते बुध ग्रह अस्तावस्थामा पुग्नेछ ।

मेष-(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ ।अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ ।

 
बृष-(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरीने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्का विच नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाइ लेखाइ प्रगती पथमा लगाडी बढ्ने हुदा मन प्रशन्न रहनेछ ।

मिथुन -(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्त हुनेहुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ ।शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले सामाजिक काम गर्दा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न  सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । मध्यान्हबाट सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउँन सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिहानको समयमा यात्रासँग सम्वन्धीत कामहरु हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कामगर्दा बिशेष शावधानी अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । वाहिरी वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ । बिहानको समय राम्रो रहेको पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट आम्दानी बढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक सम्पती तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउँन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुदा मन प्रशन्न रहनेछ ।

 मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्