Logo

प्रचण्डले सचिवालय बैठक बोलाएकै समयमै प्रधानमन्त्री ओलिले बोलाए मन्त्रिपरिषद् बैठक



Spread the love

३ मंसिर, काठमाडौं। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलि र कार्यकारी अध्यक्ष दाहालबीच विवाद बढ्दै जाँदा आजका लागि बोलाइएको पार्टीको सचिवालय बैठक अन्योलमा परेको छ ।

आज एक बजे बैठक बोलाउने सहमति भएकै समयमा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि बैठक बस्ने नबस्ने बारे थप अन्योल भएको हो ।

गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै अर्काे बैठक राख्ने निर्णय गरेको थियो । तर ठीक त्यही दिन र समयमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राख्ने तयारी गरेका छन् ।

ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्