Logo

जाडो मौसममा ब्लड प्रेसर बढ्यो ? यसरी गर्नुहोस् नियन्त्रण



Spread the love

जाडो मौसममा धेरैजसो मानिसहरुको ब्लड प्रेशर अचानक बढ्न जान्छ । यस्तो अवस्थामा टाउको दुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाति दुख्नु, श्वासको गति तिँब्र हुनु आदि जस्ता समस्याहरु हुन सक्छन् ।
शरीरलाई स्वभाविक तापमान र न्यानो बनाई राख्नको निम्त रक्त संचारमा रुकावट पैदा गर्दछ। जसले गर्दा मुटुले रक्तनलीहरुमा रक्त सञ्चालनको लागि सामान्य भन्दाबढि मेहनत गर्नुपर्ने हुन्छ। यसकारण ब्लडप्रेशर बढ्न जान्छ। ब्लड प्रेशर व्यक्तिको उमेर, मोटोपन, खाने पिउने बानी, ब्यवसाय र व्यक्तिको जीवन शैली प्रमुख हुन्।

यसरी ब्लड प्रेशरलाई कन्ट्रोल गर्नुहोस् ।

नुन, अमिलो, पिरो, चिल्लो, चिया, कफि, चटपटे, खानेकुरा कमै मात्रामा लिने।
पुरानो अचार, फास्टफुड, रातो मासु, रक्सी, चुरोटको सेवनबाट बच्ने। पोटासियम र मेग्नेशियमयुक्त भएको खाद्य पदार्थ भरपुर मात्रामा लिने। सधै सन्तुलित आहार लिने र फलफुलमा स्याउ, केरा र हरियो सागपात बढि मात्रा खाने।
शरीरलाई न्यानो राख्नका लागि न्यानो कपडाहरु लगाउने। घाम ताप्ने।
घरेलु उपचार
प्रतिदिन लसुनको ३-४ केस्रा छोडाएर चपाउने अनि मन तातो पानीले निल्ने। यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्दछ।
–तुलसीको पात महसँग खाने।
– एक चम्च अमलाको जुस र एक चम्च मह मिसाएर सधै बिहान खाने।

प्रतिक्रिया दिनुहोस्