Logo

छठी मैयाँको ब्रत किन बस्ने ?



Spread the love

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

यश पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

छठी माता को हुन्, उनको स्वरुप कस्तो छ तथा उनको पूजा गर्नाले भक्तहरुलाई के-के आशीर्वाद प्राप्त हुन्छ भन्ने कुराप्रति अनभिज्ञ छन् । को हुन् छठ माता ?
प्रकृतिको छैठौं अंश भएका कारण यी देवीको एउटा प्रचलित नाम षष्ठी हो । पुराणका अनुसार यी देवीले सबै बालकहरुको रक्षा गर्छिन् तथा उनीहरुलाई लामो आयू प्रदान गर्छिन् । आज पनि ग्रामिण समाजमा बच्चाहरुे जन्मिएको छैठौं दिन षष्ठी पूजा अथवा छठी पूजाको प्रचलन विद्यमान छ । षष्ठी देवीलाई नै स्थानिय भाषामा छठी मैयाँ अथवा छठ माता भनिन्छ । षष्ठी देवीलाई ‘ब्रम्हा की मानसपुत्री’ पनि भनिन्छ ।
कात्यायनी माता नै हुन छठी मैयाँ: पुराणहरुमा छठी मैयाँको एक नाम कात्यायन पनि हो । उनको पूजा दशैंको नौ रथाको षष्ठी तिथिमा पनि गरिन्छ । सिंहमाथि सवार कात्यायनीका चार वटा हातहरु छन् । उनको बायाँ हातमा कमलको फूल तथा तलवार धारण गरेकी छिन् भने दाहिने हातमा अभय तथा वरद मुद्रामा रहन्छन् ।
सूर्यकी बहिनी हुन् छठी माता: धार्मिक मान्यता के पनि छ भने छठ माता भगवान सूर्यकी बहिनी हुन् । छठ मातालाई प्रसन्न गर्नका लागि सूर्य देवलाई विधि-विधान अनुसार पूजा-अर्चना गरिन्छ ।

छठी माताको उपासनाबाट पाइने आशीर्वाद
– छठ माताको पूजा गर्नाले निःसन्तान दम्पत्तिहरुलाई सन्तान सुख प्राप्त हुन्छ ।
-छठ माताको पूजा गर्नाले सैयौं यज्ञहरुको फल प्राप्ति हुन्छ ।
-परिवारमा सुख समृद्धि प्राप्ति हुनुको साथै सम्पूर्ण मनोकामनाहरु पूर्ण हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्