Logo

गुल्मीमा ढुगां, बालुवा र गिट्टि उत्खननमा प्रतिबन्ध



Spread the love

४ मंसिर, गुल्मी । गुल्मीमा बुधवारदेखि लागु हुने गरि नदीजन्य पर्दाथको उत्खननमा प्रतिबन्ध लगाइएको छ । गृह मन्त्रालयको आदेश अनुसार अर्को सुचना जारी नभएसम्म पुर्ण रुपमा रोक लागाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत उद्धव पन्थीले जानकारी दिएका छन् ।

गृह मन्त्रालयको पत्रमा अर्को सुचना जारी नभए सम्म ढुगां ,बालुवा , गिट्टि उत्खनन र क्रसर उद्योगबाट उत्पादन हुने नदीजन्य पर्दाथमा प्रतिबन्ध लगाउन उल्लेख गरिएको छ ।

त्यस्तै देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आ–आफ्ना जिल्लाभित्र ढुंगा–गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्चालनमा छन्, मापदण्डअनुसार छन्/छैनन्, सरकारलाई राजस्व बुझाए–नबुझाएको र दर्ता भए–नभएको यकिन विवरण एकहप्ता भित्र पेश मन्त्रालयले निर्देशन समेत थियो ।

गृहको निर्देशन अनुसार गुल्मीमा पनि अनुगमनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।

गृह मन्त्रालयको पत्रमा अर्को सुचना जारी नभएसम्म ढुगां ,बालुवा, गिट्टि उत्खनन र क्रसर उद्योगबाट हुने नदिजन्य पर्दाथ उत्खननमा प्रतिबन्ध लगाउन उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

गृहको आदेशपछि बन्द होलान् त शक्ति र सत्ताको आडमा चलेका गुल्मीका अवैध क्रसर उद्योग ?

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्