Logo

रहेनन् गुल्मीको विकासका नेतृत्वकर्ता बैकुण्ठ बहादुर चन्द



Spread the love

५ मंसिर, गुल्मी । बैकुण्ठ बहादुर चन्द गुल्मी जिल्लाको लागि कुनै नौलो नाम होइन । अझ विशेष त नयाँ पिढीलाई भन्दा पुरना पिढिमा यो नाम निकै चर्चित र सबैको मन मुटुमा बस्न सफल छ । उनि गुल्मी जिल्लाको जिल्ला पञ्चांयत समितिको सभापति अथवा राज परिषद्मा सदस्य भएर मात्रै लोकप्रिय बनेका होईनन् । चुनौतीका पहाडलाई चिर्दै गुल्मीमा विकासको गोरेटो कोरेका कारण उनको नाम सबैको मनमुटुमा कोरियो ।

बुवा रङ्ग बहादुर चन्द र आमा पवित्रा चन्दको कोखबाट वि.स. १९९० मा गुल्मी जिल्लाको अत्यन्त विकट मानिने अगलुङ्खमा चन्दको जन्म भएको थियो । राष्ट्रिय स्तरमै आफ्नो व्याक्तित्वलाई चिनाउन सफल चन्द सानैदेखि समाज सेवामा चासो राख्ने र विकासात्मक कार्यमा चिन्तनशील र क्रियाशिल थिए ।

जिल्ला पञ्चायतको १३ वर्षसम्म सभापति, १० वर्ष राष्ट्रिय पञ्चायतको सदस्य र राजपरिषद्मा पाँच वर्षसम्म सदस्य रहँदै जिल्ला र जिल्लाबासीको सेवामा निःस्वार्थ भावनाले जिल्लामा उल्लेखनीय विकास चन्दले गरेका थिए ।

उनले गुल्मी जिल्लमा धेरै विकासका गोरेटा कोरे भने पाल्पादेखि तम्घाससम्मको मोटरबाटो निमार्णमा अतुलनिय योगदान चन्दको नै रहेको छ । जुन योगदान अहिले जिल्लाका विभिन्न राजनितिक दलका नेता कार्यकर्तासँगै सर्वसाधरणले मुक्त्त कण्ठले प्रशांस गर्ने गर्दछन् ।

तत्कालीन समयमा प्रत्येक गाउँका प्रधानपञ्चले नेतृत्व गर्दै प्रत्येक घरबाट मोटरबाटो निमार्णका लागि एक–एक जना सदस्य मोटरबाटो खन्न गएर तम्घाससम्म मोटरबाटो चन्दको नेतृत्वमा बनेको मालिका गाउँपालिका ८ का हरी बहादुर खड्का बताउछन् ।

नेकपा लुम्बिनी प्रदेशका सदस्य तथा युवा नेता बुद्धी जिसीले स्वर्गीय बैकुण्ठ बहादुर चन्दको खुलेर प्रशांस गरेका छन् । उनले सल्लेरी खबरसँग भने, “बैकुण्ठ बहादुर चंन्दले गुल्मीको विकासका लागि दिएको योगदान मैले शब्दमा लेख्न र व्याख्या गर्न सक्दिन । तत्कालीन कठीन परिस्थितिमा झारा लगाएर पाल्पा देखी तम्घास सम्म मोटर बाटो ल्याउनु , आफ्नो परिवार तथा सन्ताको मोहसँगै कुनै लोभलालचमा नफसी निः स्वार्थ भावनाले सदैव जनताको हितमा काम गर्ने उहाँ एक सच्चा गुल्मेले नेता हुनुहुन्थ्यो ।”

त्यस्तै नेपाली कांग्रेस गुल्मीका पाटी सभापती भुवन प्रसाद श्रेष्ठले पनि स्वर्गीय नेता बैकुण्ठ चंन्दको मुक्त कण्ठले प्रशाँस गरेका छन् । श्रेष्ठले भने, “इमान्दर र जनताको सच्चा सेवक चन्दनै गुल्मीको आधुनिक विकासको दैलो खोल्ने नेता हुन् ।’ श्रेष्ठले थपे, “गुल्मीलाई सडक सञ्जाल संग जोड्न उनको महत्वपुर्ण योगदान छ ।”

पाल्पाबाट नुन बोकेर खान बाध्य गुल्मेली जनतलाई कम्तीमा सदरमुकाम तम्घास सम्मलाई सडक सञ्जालमा जोड्दै नुन लिन पाल्पा जानुपर्ने बाध्यताको अन्त्य गरेका थिए ।

गुल्मी जिल्लाको अत्यन्त विकट मानिने अग्लुंमा सामान्य परिवारमा जन्मेका बैकुण्ठ बहादुर चन्दले राष्ट्रिय राजनीतिमा पहुँच बनाउँदै व्याक्ती कस्तो ठाँउ तथा परिवेशमा जन्मियो भन्दा पनि व्यक्ति कति लगनशील र इमान्दर भएर काम गर्यो भन्नेले महत्व राख्छ भन्ने उदाहरणका पात्र बनेका छन् ।

सिंगो गुल्म संगै आफ्नो जन्मभूमि अग्लुंगको हरेक क्षेत्रको विकासको लागि स्वर्गीय बैकुण्ठ बहादुर चन्दले सक्दो प्रयास गरेको स्थानीय तथा नेपाली कांग्रेस अग्लुगका सभापती शुसिल चन्द बताउछन् ।

उनको निधनसँगै उनकै अमुल्य योगदानमा निमार्ण भएको पाल्पा तम्घास सडक खण्डलाई बैकुण्ठ मार्ग भनि नामकरण गर्नुपर्नेमा धेरैले जोड दिएका छन् । जिल्लाका राजनितिक दल,समाजसेवी तथा नेपाल सरकारका खानेपानी मन्त्रालयका पुर्व सचिव समेत रहेका भिम उपाध्यले पनी पाल्पा तम्घास सडक खण्डलाई बैकुण्ड मार्ग नामकरण गर्नु पर्ने बताए ।

लामो समयदेखि मृगौला रोगको बिरामी भै ललितपुरको निदान अस्पतालमा उपचार गराईरहनु भएका चन्दको बुधबार ८७ वर्षको उमेरमा निधन भएको हो । गुल्मी जिल्लाको विकासको गोरेटे कोरेका स्वर्गीय बैकुण्ठ बहादुर चन्दले देखाएको बाटो हिडे मात्रै उनि प्रति सच्चा श्रदाञ्जली हुनेछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्