Logo

खुट्टाको फोटो बेचेर नै लाखाैँ कमाउने यी २२ वर्षीया युवती



Spread the love

एजेन्सी । सामान्य काम गरेर साइड बिजनेसको रूपमा मोडलिङ गर्ने एक युवति यतिबेला भने मालामाल भएकी छिन् । अमेरिकाकी २२ वर्षीय युवति डिजायर गेटोले साइड बिजनेसको रूपमा सुरू गरेको मोडलिङले उनलाई ठूलो आर्थिक स्रोत जुटाइरहेको छ ।

ती युवतीले खुट्टाको तस्बीर बेचेर नै ८ हजार पाउण्ड अर्थात नेपाली १२ लाख ५० हजारमा कमाएको खुलासा गरेकी छिन् । उनको खुट्टाको फोटो अनलाइनमा त्यति ठूलो रकममा बिक्री भएको हो ।

उनको खुट्टाप्रति मान्छेको आकर्षण बढ्दै गइरहेको थाहा पाएपछि अनलाइनमा फोटो बेच्ने बनसाय बनाएकी थिइन् । उनलाई यो कामले राम्रै फाइदा दिइरहेको छ ।

इन्स्टाग्राममा पनि उनका फलोअरको संख्या उल्लेख्य मात्रामा बढेको बेलायति पत्रिका मिररमा प्रकाशित छ ।

उनले अाैसतमा खुट्टाको फोटो बेचेर नै मासिक १० हजार पाउण्ड कमाउने गरेको रिपोर्ट प्रकाशित छ ।

ती महिलाको इन्स्टाग्राम प्रोफाइल हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्