Logo

छठको अवसरमा अस्ट्रेलियाबाट राष्ट्रिय गीत ‘सूर्य चन्द्र अंकित मेरो देश’ सार्वजनिक



Spread the love

६ मंसिर, काठमाडाैँ । अस्ट्रेलियाबाट ‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत कार्यालयले १२ औं वार्षिकोत्सव र छठ पर्वको अवसरमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको हो ।

पत्रकार तथा साहित्यकार निरू त्रिपाठीको शब्दमा वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यले संगीत भरेका छन् भने अस्मिता अधिकारीको स्वर रहेको छ । अस्मिता अधिकारी आइडल सिजन–२ की प्रतियोगी तथा अहिलेकी चर्चित गायिका हुन् ।

गीतको भिडियो भने जीवन रसाइलीको निर्देशनमा बनेको हो । भिडियोको छायाँकन अस्ट्रेलियाको मेलबर्नमा नै गरिएको छ । गीतको भिडियोमा समृद्धि (शाम) हाडा, राहुल गजमेरलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्