Logo

पल र दुर्गेश नयाँ गीत ‘भिटामिन यु’



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल नायक तथा गायक पल शाह र दुर्गेश थापाको नयाँ ‘भिटामिन’ आफ्नो मन युट्युबमार्फत सार्वजनिक भएको छ । उक्त भिडियो अहिले  ट्रेन्डिङ नम्बर १३ मा रहेको छ ।

पछिल्लो केहि महिना यता नायक पल र दुर्गेशको मित्रता म्युजिक भिडियोमा मात्रै सिमित नभई असल दाजुभाई भएका छन् । गायक दुर्गेशले यस पालिको तिहारमा नायक पलकी बहिनी रोशनी राज्जे लक्ष्मी शाहको हातबाट टिका थापेका पछि उनीहरुको दोस्ती झन् असल बनेको छ ।

उनीहरुले एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरेका छन् । अहिले सालको ‘पातको टपरी’बाट एकाएक चर्चा बटुल्न सफल गायक कुलेन्द्र बि.क र चर्चित गायिका बिष्णु माझीको स्वरमा रहेको छ भने हरि लम्साल, बल बहादुर राजबंशी, प्रेमा राना मगर, रुपी सिंजाली मगरले स्वरमा साथ दिएका छन् ।

भिडियोको मुख्य भूमिकामा नायक पल र दुर्गेशसँगै गरिमा शर्माको अभिनय रहेको छ । कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । उक्त गीतलाई कृष्ण बि.क(भान्जा)ले एरेन्ज गरेका हुन् ।

नबराज उप्रेतीद्वारा छायांकन भएको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् भने मौसम हिमालीले नै कोरियोग्राफर र निर्देशन गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्