Logo

कक्षा १२ को परीक्षा स्थगित हुने हल्लामा नलाग्न बोर्डको आग्रह



Spread the love

काठमाडौं। कक्षा १२ को परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ ।

परीक्षा स्थगित हुने हल्लामा नलाग्न पनि बोर्डले आग्रह गरेको छ । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए ।

परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्