Logo

हास्यकलाकार भारती जेल चलान



Spread the love

७ मंसिर, एजेन्सी । भारतीय चर्चित कमेडियनलाई जेल चलान गरिएको छ । मुम्बइको एक अदालतले भारतीय कमेडियन भारती सिंह र उनका पतीलाई १४ दिन जेलमा राख्न अनुमति दिएको हो ।

उनीहरू अब डिसेम्बर ४ सम्म प्रहरी हिरासतमा रहनेछन् । सिंह दम्पती गाँजा सम्बन्धि केसमा एनसिबीबाट पक्राउ परेका थिए । एनसिबीले उनीहरूको घरबाट नै गाँजा बरामद गरेको थियो ।

भारती शनिबार नै पक्राउ परेकी थिइन् भने उनका पती आइतबार पक्राउ परेका हुन् । भारतीलाई एनसिबीले १२ घण्टासम्म सोधपुछ गरेको बताइएको छ ।

सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा लागुपदार्थ सम्बन्धि अनुसन्धानले ठूलै लहरो समातिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्