Logo

दशैंतिहार सकिए लगतै सुदुरपश्चिमका नाकामा भारत जानेको लर्को



Spread the love

धनगढी। दशैंतिहार सकिएपछि सुदुरपश्चिमका नाकामा भारत जाने नेपालीहरुको घुइँचो लागेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेका बेला पनि हजारौं नेपाली नागरिकहरु रोजगारीका लागि भारत जान थालेका छन् ।

अहिले सुदुरपश्चिमका सीमा नाका हुँदै रोजगारीका लागि भारत जाने नेपालीको संख्या १० गुणा बढेकाे छ । नेपालमा रोजगारीको कुनै पनि विकल्प नहुँदा बालबच्चा पाल्न कै लागि भएपनि बाध्य भएर भारत जानु परेको उनीहरु बताउँछन् ।

झण्डै आठ महिनाको स्वदेश बसाइपछि घर खर्च चलाउनसमेत नसकिने भएपछि फेरि पनि भारत जानु परेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्