Logo

तपाईको मोबाइलमा फोटो नराम्रो आउँछ? अब यी एपबाट सजिलै फोटो इडिट गर्नुहोस् !



Spread the love

तपाईको मोबाइलमा फोटो नराम्रो आएर तपाई हैरान हुनुहुन्छ भने अब यी एपबाट आफ्ना फोटोलाई नयाँ लुक्स दिनुहोस् ।
स्नापसीड
स्नापसिड निःशूल्क रुपमा उपलब्ध एप हो । गुगलको स्वामित्वमा रहेको यो एपले तपाईंलाई एक्सपोजर र कलरका धेरै रेञ्ज प्रदान गर्नेछ ।
यसमा भिन्टेजदेखि मोडर्न स्टाइलसम्मका धेरै फिल्टर अप्सनहरु रहेका छन् ।
प्रिज्मा
प्रिज्माले सूक्ष्म फिल्टर तथा आधारभूत इमेज करेक्सनको काम गर्दैन । यो एउटा ट्रिप्पी फिल्टर हो जसले तपाईंको फोटोलाई एकदमै अभूतपूर्व कलात्मक शैलीमा एडिट गरिदिन्छ । यसमा भएको फिल्टर पोट्रेट तस्वीरहरुका लागि एकदमै उपयुक्त छ । बाजार्टले तपाईंलाई तस्वीरदेखि टेक्स्ट तथा ग्राफिक्स लगायतका विभिन्न तत्वहरुलाई समायोजन गर्न मद्दत गर्दछ । यसले पोट्रेट तस्वीरको पृष्ठभूमिलाई मेट्न सहयोग गर्दछ । यसले नयाँ पृष्ठभूमि र नयाँ लेयर थप गर्न समेत सघाउँछ ।
पिक्सआर्ट
पिक्सआर्टमा धेरै एडिटिङ टूलहरु उपलब्ध छन् । कन्ट्रास्ट एक्सपोजर जस्ता आधारभूत टूलदेखि सिनेम्याटिक कलर ग्रेडिङ र ड्रामाटिक फिल्टरहरु पनि यसमा उपलब्ध छन् ।
भिस्को
यो एपमा केही फंसनहरु निःशूल्क छन् । यदि सब्सक्रिप्सनमा लिन चाहनुहुन्छ भने सात दिनको निःशूल्क ट्रायल सहित एक वर्षका लागि १९.९९ डलर तिर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्