Logo

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा चालकको मृत्यु, यात्रु गम्भीर घाइते



Spread the love

८ मंसिर, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ भने यात्रु गम्भीर घाइते भएका छन् ।

क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङका चालक पोखरा महानगरपालिका–२८ घर भएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृत्यु भएको हो।

यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् । अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौंमा रिफर गरेको छ।

ल्याण्डिङ एरियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका डीएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्