Logo

विवाहको फोटो फेसबुकमा अपलोड गर्दा जेल सजाय…



Spread the love

८ मंसिर, एजेन्सी । बेलायमा एक जनाले विवाहको फोटो राखेपछि जेल जानु परेको छ । पहिलेकी श्रीमतिसँग सम्बन्ध बिच्छेद नगरीकन अर्कै महिलासँग विवाह गरेको पत्ता लागेपछि उनी जेल जानु परेको हो ।

बेलायतमा दोश्रो विवाह गर्न पहिलो श्रीमतीसँग अनिवार्य सम्बन्ध बिच्छेद गर्नैपर्छ । तर, पूर्व सैनिक समेत रहेका साइमन क्रुगिंग्टनले सम्बन्ध बिच्छेद नगरी दोश्रो विवाह गर्दा जेल जानु परेको हो ।

साइमनले विवाह गरेको फोटो फेसबुकमा फोटो अपलोड गरेपछि उनी पत्नी एलिजावेथले थाहा पाइन् । उनले प्रहरीमा गरेको उजुरीको आधारमा साइमन जेल जानु परेको हो ।

साइमनले २०१४ मा एलिजाबेथलाई सम्पर्क गरेर सम्बन्ध बिच्छेद गर्न भनेका थिए । तर, एलिजाबेथले अस्विकार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्