Logo

जब प्रधानमन्त्री ओलीले ग्रुप फोटो खिचिदिए



Spread the love

८ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ । इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो ।

प्रधानमन्त्री ओली अपराह्न २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो । बाक्लो कुहिरो र हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।

नेकपाभित्र विवाद चुलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ताप्लेजुङको घुन्सा क्षेत्रको भ्रमण गरेका छन्।

सो क्षेत्रमा नेताकार्यकर्ताहरु प्रधानमन्त्री ओलीसँग फोटो खिचाउँन जम्मा भएका थिए। उनले हेलिप्याडमा नेता कार्यकर्ताको तस्बिर आफैले यसरी खिचिदिए।

प्रतिक्रिया दिनुहोस्