Logo

व्यक्तिगत रूपमा ओली मलाई धेरै मन पर्ने मान्छे हुन् : डा. भट्टराई



Spread the love

९ मंसिर, काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले व्यक्तिगत रूपमा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई धेरै मन पर्ने मान्छे भएको बताएका छन् ।

मनपर्ने व्यक्ति भएता पनि यतिबेला ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक भएकाले कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगर्न नहुने बताएका छन् ।

आन्तरिक बिवादका कारण नेकपामा छाएको संकटका बेला प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेससँग सत्ता साझेदारको प्रस्ताव राखेको प्रसंगमा भट्टराईले ओलीको प्रवृत्तिको चर्चा गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो। व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य वाधक हो। यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगरौं ।’

प्रतिक्रिया दिनुहोस्