Logo

रियल बेटिसमाथि बिल्वाओको सानदार जित



Spread the love

एजेन्सी। स्पेनिस ला लिगामा एथ्लेटिको बिल्वाओले रियल बेटिसमाथि ४–० को फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा घरेलु टोलीले नवौं मिनेटमा भिक्टर रुइजको आत्मघाती गोलबाट अग्रता बनायो।

३३औं मिेनटमा एन्डर कापाले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे । ५९औं मिनेटमा इकर मुनिएनले गोल गर्दै बिल्वाओलाई सहज जिततर्फ अघि बढाए । ६८औं मिनेटमा एलेक्सले गोल गर्दै बिल्वाओलाई ४–० को सानदार जित दिलाए ।

यो जितसँगै बिल्वाओ ९ खेलबाट १२ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्