Logo

१६ वर्षीया किशोरी बनिन् टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो ब्यक्ति



Spread the love

एजेन्सी। एक १६ वर्षीया किशोरी टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छन् । टिकटकमा १० करोड फलोअर्स पाउने अमेरिकी नागरिक चार्ली डिमेलियो हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् ।

एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् ।

उनले टिकटकमा विशेषगरी बन्द कोठामा नाचेको भिडियो शेयर गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्