Logo

नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार भए ट्रम्प



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता सुम्पिने औपचारिक प्रक्रिया सुरु हुनुपर्ने बताएका छन् ।

ट्रम्पले ट्वीट गरेर सत्ता हस्तान्तरणको निगरानी गर्ने महत्वपूर्ण फेडरल एजेन्सी जिएसएलाई ‘ती कुरा गर्नुपर्छ जुन आवश्यक छन्’ भनेका छन् ।

यद्यपि, उनले अहिले पनि आफ्नो लडाईं जारी राख्ने कुरा बताएका छन् ।

अर्कोतर्फ जनरल सर्भिस एड्मिनिस्ट्रेशन अर्थात् जीएसएले बाइडेनलाई बिजेताको रुपमा स्विकार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्