Logo

बन्द प्रशिक्षणमा बोलाइएका क्रिकेट खेलाडीको लिइयो स्वाब



Spread the love

९ मंसिर, काठमाडौं। अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टोलिका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाव लिएको हो ।

आज टीम मेम्बर, फिजियोथेरपी र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ ।

बन्द प्रशिक्षण भोलि (बुधबार) बाट सुरु हुँदैछ । कोरोना भाईरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्