Logo

जीवनमा सफलता चाहनुहुन्छ ? भुलेर पनि नगर्नुहोस् यस्ता काम !



Spread the love

एजेन्सी। चाणक्यका अनुसार व्यक्ति स्वयंले आफ्नो आचरण र बानी ब्यवहारलाई लिएर गम्भीर हुन आवश्यक छ । कुनै पनि व्यक्तिलाई उसको सुन्दर आचरण र बानीले सुन्दर बनाउँछ । गलत आचरणका व्यक्तिलाई समाजमा कहिल्यै सम्मान गरिदैन ।
सफल हुनका लागि झुठको साहारा
गलत ढंगले प्राप्ती गरेको सफलताको कुनै पनि स्थान हुँदैन । चाणक्यका अनुसार मानिसहरु थोरै लाभ र सफल हुनका लागि झुुठको साहारा लिने गर्छन् । तर त्यस्ता व्यक्तिलाई अपजस प्राप्त हुन्छ । किनकी झुठ एक न एक दिन पत्ता लाग्छ ।
धोका
चाणक्यका अनुसार कुनै पनि व्यक्तिलाई धोका दिनुहुँदैन । धोका दिने व्यक्तिलाई समाजमा राम्रो नजरले हेर्नृे गरिदैन । जो व्यक्ति आफ्नो स्वास्र्थका लागि साथीभाई, नातेदार, आफन्तलाई धोका दिन्छ । त्यस्ता व्यक्तिलाई कहिल्यै राम्रो हुँदैन ।
रिस
जो व्यक्ति रिस देखाउँछ र अरुको अपमान गर्छ । त्यस्ता व्यक्तिलाई समाजमा कहिल्यै सम्मान मिल्दैन । रिसले स्वयंलाई नोक्सान पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्