Logo

सुत्नु अघि भुलेर पनि नगर्नुहोस् यि ६ काम



Spread the love

सुख, शान्ति र समृद्धि बनाइ राख्नका लागि शास्त्रमा कयौँ नियम बताइएका छन्। यी नियममा हामीले कुन समयमा कुन काम गर्न हुँदैन् भन्ने कुरा पनि उल्लेख गरिएको छ।

सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ । सुत्नु अगाडि गर्न नहुने यस्ता केही काम छन् ती कामले तनाव तथा स्वास्थ्य समस्या निम्त्यान सक्छ ।

विष्णु पुराणमा रातमा गर्न नहुने ६ कुराका बारेमा उल्लेख गरिएको छ। ती ६ कामबाट जोगिदा तपाईले अनावश्यक समस्या भोग्नु पर्दैन्। आज हामी तपाईलाई रातको समयमा गर्न नहुने ६ कामका बारेमा जानकारी दिदैछौँ।

१. सुत्नु अगाडि खानाः
रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन । यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ ।

२. सुत्नुअघि ल्यापटप वा मोबाइलः
सुत्नु भन्दा पहिले तपाई मोबाइल या ल्यापटप चलाइरहनु भएको छ भने पनि यसले तपाईलाई सुत्ने क्रममा समस्या दिन्छ । तपाईलाई यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ ।

३. किताब पढ्ने बानीः
केही मानिसहरू सुत्नुभन्दा अगाडि पढ्ने गर्छन् । कुनै कुनै बेला त पढ्ने क्रममा आफ्नो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोड्नु भयो भने तपाईको निन्द्रा राम्रो हुन्छ ।

४. धुम्रपानः
यदी तपाईं राती चुरोट वा कफी पिउने गर्नु हुन्छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले तपाईको निन्द्रा बिथोल्न सक्छ । यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ ।

५. चिसो पानीले मुख धुनुः
राती सुत्नुभन्दा अगाडि तपाई यदी हात खुट्टा र अनुहार चिसो पानीले धुनुहुन्छ भने यो बानी बदल्नु राम्रो हुन्छ । सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ ।
६. अल्कोहलः
निन्द्रामा यदी दुई पेग लगाउने बारे सोच्नुहुन्छ भने त्यो बानी हटाउनु राम्रो हुन्छ । अल्कोहलको सेवनले शरिरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ । रक्सीको लत लागेका बिरामीलाई छोड्नुस् भन्यो भने नखाई त निद्रै लाग्दैन भन्छन्। यहाँ बिरामीले के बुझ्दैन भने उसलाई पहिलादेखि नै मानसिक समस्या छन्। रक्सी नखाई नहुनु पनि मानसिक समस्या नै हो।

प्रतिक्रिया दिनुहोस्