Logo

पेडनेकरको थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर रिलिज ( ट्रेलरसहित)



Spread the love
भुमी पेडनेकरको ‘दुर्गामती’ ट्रेलर रिलिज

एजेन्सी । अभिनेत्री भुमि पेडनेकरको हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर रिलिज भएको छ । फिल्ममा भुमिले चंचल चौहान नामको एक आईएएस अफिसरको भुमिका निर्बाह गरेकी छन् ।

३ मिनेट २० सेकेन्डको फिल्मको ट्रेलर डरलाग्दो देखिएको छ । यो फिल्म साउथको फिल्म ‘भागमति’को हिन्दी रिमेक हो । यसमा मुख्य भूमिका अभिनेत्री अनुष्का शेट्टीले निर्वाह गरेकी थिइन् ।

उक्त थ्रिलरमा माही गील, जीशु सेनगुप्ता तथा कल्याण कपाडियाका साथै अरशद वारसीसहित एक तारकीय कलाकारको समूह पनि प्रमुख भमिकामा देखिनेछन्।

फिल्म बलिउडका खेलाडी कुमार अक्षय कुमार प्रोडक्शनबाट बनेको हो । फिल्मको ट्रेलर अक्षयले आफ्नो सामाजिक संजालबाट पनि शेयर गरेका छन् । फिल्मको कथा तथा निर्देशन अशोकले गरेका हुन् । फिल्म ११ डिसेम्बरको अमेजन प्राइममा रिलिज हुदैछ ।

हेर्नुहोस् ट्रेलर:

https://www.youtube.com/watch?v=gP6ViZix92U&feature=emb_title

प्रतिक्रिया दिनुहोस्