Logo

कोरोना भाइरसका कारण बरिष्ठ नेताको निधन



Spread the love

११ मंसिर, एजेन्सी । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उनलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् ।

उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधबार बिहान ३.३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिए । पार्टीका शिर्ष रणनितिकार समेत मानिने ७१ बर्षिय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो ।

उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो । यही नोभेम्बर १५ देखि उनको अवस्था विग्रिदै गएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनु भएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्माको शान्तिका लागि कामना गर्दछु ।”

उनको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन् । आफुहरुप्रति सहानुभूती प्रकट गर्नेहरु सवैलाई उनका छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोनाभाइरसका बारेमा हेल्चक्र्याई नगर्न पनि सवैलाई आग्रह गरेका छन् ।

स्वर्गिय पटेल गुजरातबाट अहिले पनि राज्य सभा सदस्य थिए । योसँगै उनि आठ पटक सांसद भएका थिए । ती मध्ये पाँच पटक राज्य सभामा भएका थिए भने तीन पटक लोकसभामा निर्वाचित भएका थिए ।

भारतीय राष्ट्रिय काँग्रेसका उनि अहिले पनि कोषाध्यक्ष थिए । अहिले उनको तेस्रो कार्यकाल चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्