Logo

आज तुलसीको विवाह गर्ने दिन यस्ता काम भुलेर पनि गर्नु हुँदैन!



Spread the love

आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । यो दिन तन, मन तथा धनको पवित्रतालाई जोगाइरहने प्रयास गर्नुपर्छ । यस दिन थोरै मात्र अशुद्धिले पनि समस्याका कारण बन्ने धार्मिक विश्वास रहेको छ ।
जुवा खेल्नु
जुवा खेल्नु एउटा सामाजिक विकृति समेत हो । जो व्यक्ति जुवा खेल्छ, उसको परिवार तथा आफन्तहरु समेत नष्ट हुन्छन् । जुन स्थानमा जुवा खेलिन्छ, त्यहाँ अधर्मको राज हुन्छ ।
पान खानु हुँदैन
एकादशीको दिन खानपान पनि वर्जित गरिएको हुन्छ । एकादशीको दिन पान नखाएर व्यक्तिले सात्विक आचार-विचार राख्दै भगवान विष्णुको भक्तिमा मन लगाउनुपर्छ ।
निन्दा गर्नु हुँदैन
अरुलाई हानि हुने कुनै पनि काम गर्नु हुँदैन । एकादशीको दिन अरुको बारेमा नराम्रो समेत नसोची भगवान विष्णुको भक्तिमै ध्यान लगाउनुपर्छ ।
कुरा लगाउनु हुँदैन
कुरा लगाउनाले मान-सम्मानमा कमी आउनसक्छ । धेरै पटक अपमानको समेत सामना गर्नुपर्ने हुन्छ ।
चोरी गर्नु हुँदैन
चोरी गर्नुलाई पाप कर्म मानिन्छ । केवल एकादशीको दिन मात्र होइन, अन्य दिनमा पनि चोरी जस्तो पाप कर्म गर्नुहुँदैन ।
हिंसा गर्नुहुँदैन
एकादशीको दिन हिंसा गर्न मनाही छ । हिंसा केवल शरीरबाट मात्र होइन, मनबाट पनि हुने गर्दछ । यसले मनमा बिकार ल्याउँछ ।
क्रोध गर्नुहुँदैन
एकादशीको दिन क्रोध समेत गर्नु हुँदैन । यदि कसैबाट केही गल्ती भयो भने उसलाई माफ गरिदिनुपर्छ र मनलाई शान्त बनाइरहनुपर्छ ।
झुटो बोल्नु हुँदैन
झुटो बोल्नु भनेको व्यक्तिगत खराबी हो । जो व्यक्ति झुटो बोल्छ, उसलाई समाज तथा परिवारमा उचित मान-सम्मान प्राप्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्